पूर्वसभामुख दमननाथ ढुंगानाको सोमबार पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। ढुंगानाका छोराहरू निमेष र निशेषले दिवंगत पितालाई दागबत्ती दिए।
अन्त्येष्टिका क्रममा नेपाली सेनाको टोलीले सलामी अर्पण गर्नुका साथै शोक धुन प्रस्तुत गरेको थियो। ८३ वर्षीय ढुंगानाको कलेजोसम्बन्धी समस्याको उपचारका क्रममा आइतबार पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा निधन भएको थियो।
आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानाको सम्मानमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। वरिष्ठ अधिवक्ता समेत रहेका ढुंगाना २०४८ देखि २०५१ सालसम्म सभामुखको जिम्मेवारीमा थिए।
तस्बिरहरु: दिपेश दर्शनधारी/नागरिक
प्रकाशित: ३ मंसिर २०८१ १५:५६ सोमबार