झापामा एक युवाल रड प्रहार गरेर छिमेकीको हत्या गरेका छन्। आपसी विवादका क्रममा २६ वर्षिय मानपुर राजवंशीले बाह्रदशी गाउँपालिका–५ का ४५ वर्षीय गंगालाल माझीलाई रड प्रहारगरी हत्या गरेका हुन्।
रड प्रहारबाट घाइते माझीलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लैजादै गर्दा उनको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
शनिबार राति आपसी विवाद हुँदा बाह्रदशी ५ कै मानपुरले माझीलाई रडले हानेका थिए। राजवंशीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ।
प्रकाशित: २ मंसिर २०८१ ०८:३५ आइतबार