उर्लाबारी – जहदा गाउँपालिका–१ मा चट्याङ लागेर सोमबार बिहान एक वृद्धको मृत्यु भएको छ।
खेतमा मुसा मार्दै गर्दा चट्याङ लागेर सो गाउँपालिका वडा नं ३ का ६० वर्षीय रामु मरण्डीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिए।
मृतकको छातीमा चट्याङ लागेको प्रहरीको भनाइ छ। एउटा हातमा मरेको मुसा र अर्को हातमा कोदालो बोकेको अवस्थामा मरण्डीको शव फेला परेको प्रनाउ कोइरालाले जानकारी दिए।
प्रकाशित: २६ चैत्र २०७४ ०९:०५ सोमबार