समाज

बेवारिसे व्यक्तिलाई नागरिकता प्रदान गर्न समस्या छः सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले बेवारिसे भई हुर्किएका बालबालिकाहरूलाई नागरिकता प्रदान गर्ने कुरा समस्याको रूपमा रहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा किशोर तथा किशोरी सञ्जालको राष्ट्रिय भेलाको निचोड बुझ्ने क्रममा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन।उनले यो विषय संसदमा पनि छलफलको विषय बनेको बताए।यसबारेमा गृह मन्त्रालयले अनाथालयमा हुर्किरहेका र अनाथालयले जिम्मेवारी लिएका तर नागरिकतासम्बन्धी कानुनले व्यवस्था गरेको हिसाबबाट नसमेटिएकालाई कसरी नागरिकता दिने भन्नेबारेमा कार्यदल नै बनाइ काम गरिरहेको बताए। उनले कार्यदलले प्रतिवेदन दिइसकेपछि सरकारले चाँडै कानुन बनाउने र संसदमा बहस हुने अपेक्षा गरे।

यौनिक,अल्पसंख्यक रूपमा रहेका समुदायहरूलाई मानवको रूपमा व्यवहार नगर्ने खालको परिपाटी रहेको भन्दै यसको बारेमा राजनीतिक क्षेत्रबाट मूलतः अभियानहरूबाट कार्यक्रम लैजाने र उनीहरूको अवस्था, चिन्तन, चेतनालाई विकास गर्ने काममा लाग्नुपर्ने बताए। त्यो अनुसारको अन्य कानुनी प्रबन्धहरू मिलाउने काम गर्न जरुरी रहेको पनि सभामुख घिमिरेले बताए ।

बोल्न नसक्ने बालबालिका र किशोर किशोरीहरूका समस्या समाधान गर्न उनीहरूका समस्या दोभासेका माध्यमबाट आवश्यकता पूरा गर्नुपर्ने बताए। भौतिक संरचना निर्माण गर्दा हिँड्न नसक्नेहरूका लागि त्यो अनुसारको वातावरणका भौतिक संरचना निर्माण गर्ने कानुनी प्रबन्ध भइरहेको भइरहेको पनि बताए।

सभामुख घिमिरेले सबै खालका बालबालिकाहरूलाई राष्ट्रिय गौरवको रूपबाट अगाडि लैजानका लागि चाहिने सबै प्रबन्ध मिलाउन राज्यमा सुशासन र राज्य आर्थिक रूपबाट मजबुत हुन जरुरी रहेको बताए।

प्रकाशित: ३० कार्तिक २०८१ १४:०१ शुक्रबार

#Speaker Devraj Ghimire #children #Careless citizen