समाज

भैरहवा विमानस्थल खुल्यो, रविलाई १ बजे पोखरा लगिँदै

क्याप्शन

बुटवलको सुप्रिम सहकारीको बचत रकम हिनामिना प्रकरणमा बयानका लागि भैरहवा लगिएका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेलाई शुक्रबार पोखरा फर्काइँदै छ । मङ्गलवार, बुधवार र बिहीबार गरी तीन दिन भैरहवामा बयान लिइएपछि अहिले प्रहरीले उनलाई पोखरा लैजान लागेको हो । 

बिहानै हवाई मार्ग हुँदै पोखरा लैजाने भनिए पनि आकाश नखुलेका रवि भैरहवामै रोकिएको छ । अहिले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भर्खरै खुलिसकेको छ । 

अहिले १ बजे यती एयरलाइन्सको विमानबाट रविलाई पोखरा लैजाने तयारी भइरहेको छ । पोखराका उनी कात्तिक २ गते देखि प्रहरी हिरासतमा छन् । सूर्यदर्शन सहकारीको बचत रकम हिनामिना प्रकरणमा उनलाई पछिल्लो पटक मंसिर ८ सम्म हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद प्रहरीले पाएको छ । 

प्रहरीले उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गरिरहेको छ । 

प्रकाशित: ३० कार्तिक २०८१ १२:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App