दार्चुलामा भएको जिप दुर्घटनाका गम्भीर घाइतेलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी ल्याइएको छ। जिप चालक सुनिल जोशी, जिपमा सवार उत्तम रोकाया र सन्दीप रावललाई थप उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत धनगढी ल्याइएको हो।
घाइते अन्य दुई जनाको अवस्था भने सामान्य छ। उनिहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा आठ जनाको मृत्यु भएको छ।
मालिकार्जुन गाउँपालिका–३ मडमा लागेको मालिकार्जुन मन्दिरको जात्राबाट फर्किएका दर्शनार्थी बोकेको म १ ज ३३८ नम्बरको जिप शुक्रबार बिहान ४ बजे शैल्यशिखर नगरपालिका–६ ग्वानीमा दुर्घटना भएको हो ।
प्रकाशित: ३० कार्तिक २०८१ ११:५७ शुक्रबार