समाज

आठ महिनाकी छोरी बलात्कार गर्ने बाबु पक्राउ

नवलपरासी  – नवलपरासीमा आठ महिनाकी छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका बाबुलाई प्रहरीले म्याद थप गरि अनुसन्धान सुरू गरेको छ।

बुबा भन्ने बोलीसमेत नफुटेकी छोरी बलात्कार गर्ने बाबुलाई आमाको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरी थुनामा राखेको हो।छोरी बलात्कार गरेको जाहेरीका आधारमा प्रहरीले नवलपरासी बर्दघाट सुस्ता पुर्व गैंडाकोट नगरपालिकाका ३० वर्षीय बुबालाई पक्राउ गरेको हो।

उनले घरमा कोही नभएको बेला ८ महिनाकी छोरी बलात्कार गरेको प्रहरीले जनाएको छ । घटना सोमबार भएको र बलात्कार गर्ने बुबालाई प्रहरीले मंगलबार पक्राउ गरी बुधबार मुद्दा दर्ता गरेको हो । पीडित बालिकाकी आमाको जाहेरीका आधारमा प्रहरीले बुबालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक दिवश कुमार जीसीले जानकारी दिए।

ती बुबा लागुऔषध दुर्व्यसनीमा फसेको प्रहरीको भनाइ छ । उनलाई हाडनाता करणी मुद्दामा म्याद थप गरि अनुसन्धान गरेको प्रहरीले जनाएको छ ।आफ्नै बुबाबाट अबोध बालिका बलात्कृत भई स्वास्थ्य अवस्था नाजुक भएको घटनाले छोरीहरु कसरी र को–कोबाट जोगाउने भन्ने सोच्न बाध्य बनाएको छ।

 

प्रकाशित: २६ चैत्र २०७४ ०५:५२ सोमबार

महिनाकी छोरी बलात्कार गर्ने बाबु पक्राउ