अर्घाखाँचीको शितगंगा नगरपालिकामा मामाले भान्जाको हत्या गरेका छन्। केही दिन अघि ३५ वर्षीय तिलक रेश्मी नजिकै भिरमा मृत फेला परेका थिए।
रेश्मीको हत्या गरेको अभियोगमा सहोदर मामा शितगंगा नगरपालिका ६ सानाढुंग्रेका ५३ वर्षीय झन्द्रबहादुर गाहा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी चक्रबहादुर मल्लले बताए।
गत सोमबार साँझ दुवै जनाले मादक पदार्थ सेवन गरेको र विवादपछि झगडाले उग्र रुप लिँदा राति १ बजे घटना घटेको प्रहरीको अनुसन्धानबाट खुलेको हो। प्रहरीले गाहामाथि कानुनी कारबाहीको प्रक्रिया सुरु गरेको छ।
घटनामा गाहाको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको र अर्घाखाँची जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी मल्लले बताए।
प्रकाशित: २८ कार्तिक २०८१ २१:४८ बुधबार