समाज

नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कको अध्यक्षमा अमात्य

नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कको अध्यक्षमा इन्जिनियर लोचनलाल अमात्य निर्वाचित भएका छन्। नेटवर्कको राजधानीमा सम्पन्न १८ औँ वार्षिक साधारण सभा तथा नवौँ अधिवेशनबाट  उपाध्यक्षमा प्राडा सुवर्ण शाक्य, महासचिवमा प्राडा हरिकृष्ण श्रेष्ठ र कोषाध्यक्षमा सोलिसा स्थापित निर्वाचित भएका छन्।

यस्तै सदस्यहरूमा डा.भुषणराज श्रेष्ठ, इन्भिर बडाल, प्रा विरोध रिजाल, प्रा सरोज धिताल, रोमकान्त पाण्डे (त्रिभुवन विश्वविद्यालय), डा.नमराज धामी (पोखरा विश्वविद्यालय) र मनोज शाक्य (काठमाडौँ विश्वविद्यालय) रहेका छन्। 

प्रकाशित: २७ कार्तिक २०८१ १९:५५ मंगलबार

#Nepal Research and Education Network