समाज

डेढ महिनामा ८३ जना फरार प्रतिवादी पक्राउ

विभिन्न मुद्दामा अदालतले सजाय ताके पनि लामो समय देखि फरार रहँदै आएका कपिलवस्तुमा डेढ महिनाको अवधिमा ८३ जना फरार प्रतिवादी पक्राउ परेका छन्।

प्रहरीले चलाएको फरार प्रतिवादी पक्राउ अभियानमा उनीहरु  असोज १३ गते देखि जारी गरिएको अभियानमा कार्तिक २५ गते सम्म पक्राउ परेका हुन।

विभिन्न मुद्दामा अदालते सजाय ताके पनि उनीहरु फरार रहँदै आएका थिए। प्रहरीले चलाएको अभियान पछि जिल्लाका विभिन्न युनिटले उनीहरुले पक्रेको प्रहरी उपरीक्षक निरंजनदत्त भट्टले बताए। पक्राउ पर्नेहरूमा सबै भन्दा धेरै बैङ्किङ कसुर, चोरी तथा कुटपिट, बलात्कार, ठगी, लागू औषध तथा वन सम्बन्धी रहेका छन्। केही अदालतको सामान्य जरिवाना फैसला भएकाहरूले समेत बेवास्ता गरी बसेकाहरू पनि पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा २० बर्ष कैद सजाय तोकिएका देखि ६० रुपैयाँ जरिवाना सम्मका रहेका छन्। कर्तव्य ज्यान मुद्दामा २० बर्ष कैद सजाय तोकी विगत १३ बर्ष देखि फरार रहँदै आएका बुद्धभूमी ६ का रामप्रसाद कोरी, बलात्कार मुद्दामा ७ बर्ष कैद सजाय तोकी ३ बर्ष देखि फरार रहँदै आएका कपिलवस्तु १० पचेहरा का त्रियुगी केवट देखि सबै भन्दा कम काठ तस्करीमा ६० रुपैयाँ जरिवाना भएका शिवराज ३ भितरिया बस्ने राकेश थारु सम्मलाई प्रहरीले पक्राउ गरी कैद जरिवाना असुल गराएको छ।

प्रहरी उपरीक्षक निरन्जनदत्त भट्टले शान्ति सुरक्षा सुदृढ बनाउन फरार प्रतिवादीहरू पक्राउ गर्ने र सीमा सुरक्षा सतर्कता सम्बन्धी विशेष अभियानलाई अझै निरन्तरता दिइने बताए। पक्राउ परेकाहरूबाट ४८ बर्ष ५ महिना ५ दिन कैद र ४ लाख ८७ हजार ७७० रुपैयाँ जरिवाना असुल भएको प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले बताए। गत आर्थिक बर्ष २०८०/०८१ मा १ सय ३४ र चालु आर्थिक वर्षको चार महिनामा ९३ जना फरार प्रतिवादी पक्राउ परेका छन्। 

प्रकाशित: २६ कार्तिक २०८१ ११:३१ सोमबार