समाज

अनधिकृत रुपमा बनाइएका सहकारी बोर्ड भवनको पर्खाल भत्काइयो

ललितपुरको हरिहर भवनस्थित राष्ट्रिय सहकारी विकास बोर्ड भवनमा अनधिकृत रुपमा बनाइएको पर्खाल भत्काइएको छ।

जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतले समेत सो पर्खाल अनधिकृत रुपमा बनाएको फैसला सुनाएपछि ललितपुर महानगरपालिकाले आइतबार बिहान डोजरले सो भवनको सडकतिरको पर्खाल भत्काएको हो।

२०७३ साल पुस १८ गते अनधिकृत रुपमा बनाइएको सो भवनको पर्खाल सर्वोच्च अदालतले समेत भत्काउने आदेश दिएपछि आज डोजर चलाएर भत्काइएको नगर प्रहरी प्रमुख सीताराम हाछेथूले जानकारी दिए।

सो अनधिकृत रुपमा भत्काइएको पर्खाल भत्काउने क्रममा ठुलो सङ्ख्यामा नगर प्रहरी परिचालन गरिएको थियो। यसैबिच स्थानीयवासीले पनि सो बोर्ड भवनले आफूहरूको घर जाने सडक समेत मिच्ने काम गरेको भन्दै असन्तुष्टि जनाएका छन्। 

प्रकाशित: २५ कार्तिक २०८१ १९:३५ आइतबार

#Lalitpur Metropolitan Municipality #National Cooperative Development Board #City Police Chief Sitaram Hachethu