समाज

पक्राउ पर्दा लिलाको मुस्कान (तस्बिरहरु)

पूर्वमन्त्री एवं नेकपा एमालेका कोशी प्रदेश सांसद लिलावल्लभ अधिकारीलाई अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ। 

मानव तस्करी प्रकरणमा मुछिएको आरोपमा आइतबार बिहान विराटनगरबाट पक्राउ परेका अधिकारीलाई हवाईमार्गबाट काठमाडाैं ल्याइ आइतबार नै अदालतमा उपस्थित गराइएको छ।

अदालतले दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

जापान भ्रमण मन्त्रीपरिषद्बाट स्वीकृत नगराई आफूसँग असम्बन्धित मानिसहरु लिएर गएको आरोपमा उनीमाथि अनुसन्धान हुनेछ।

तस्बिरहरु: दिपेश दर्शनधारी/नागरिक

प्रकाशित: २५ कार्तिक २०८१ १६:५९ आइतबार