सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश नित्यानन्द पाण्डेले न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धिका लागि आफू पूर्ण रूपमा समर्पित भएर लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
शुक्रबार सिंहदरबारमा संसदीय सुनुवाइका क्रममा उनले न्यायालयमा सर्वसाधारणको पहुँच र न्याय सम्पादनको गुणस्तर वृद्धिमा विशेष ध्यान दिन आफूले न्यायिक सद्विवेकसहित कार्य योजना तयार गरेको जानकारी दिए।
प्रस्तावित न्यायाधीश पाण्डेले न्यायालयलाई स्वतन्त्र, निष्पक्ष, छिटोछरितो, र गुणस्तरीय बनाउन आफू इमान्दार, निष्ठावान र लगनशील भएर काम गर्ने जनाए।
उनले न्याय सम्पादनको मुख्य दायित्व संविधान, कानून र न्यायका सिद्धान्तमा आधारित रहने र न्यायालयको उच्च मान्यतालाई सुदृढ बनाउने आफ्नो संकल्प रहेको स्पष्ट पारे।
“स्वतन्त्र, निष्पक्ष र प्रभावकारी न्याय सम्पादन गर्दै न्यायप्रतिको जनआस्थालाई सुदृढ बनाउनु मेरो संकल्प हो,” उनले सुनाए।
प्रकाशित: २३ कार्तिक २०८१ १५:५० शुक्रबार