समाज

रारा गाउँलाई सधैं पानीकै पिरलो

जुम्लाको तिला गाउँपालिका १ रारा गाउँकी सरस्वती रावत स्थानीय सीता माविमा ७ कक्षामा पढ्छिन्। विद्यालय समयमै पुग्न उनलाई सधैं कठिन हुन्छ। 

कारण खानेपानी समस्या। बिहान ५ बजे उठेर पानी लिन धारामा जान उनलाई हातमुख धोएर एक जर्किन पानी भरेर घर आइपुग्दानै १० बज्छ। पानी अभावले सरसफाइ गर्न पनि समस्या हुन्छ। धारामा पनि विद्यालय जाने बालबालिका धेरै हुन्छन्। पालो पाउनै सधैं सबैलाई मुस्किल पर्छ। भन्छिन्,‘कति दिन त पानी भर्ने पालो नपाएर रित्तै घर फर्केको छु। हातमुख नधोएरै स्कुल गएको छु।

संविधानको धारा ३५ को स्वास्थ्य सम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाई पहुँचको हक हुनेछ भनी स्पष्ट लेखिएको भए पनि हाम्रो बाध्यता यो छ,उनले गुनासो गरिन्।’यस्तै उक्त गाउँकी देवीका रावत र टिउकी रावतको दैनिकी पनि खानेपानीको लाइनमै बित्छ।बिहान छोराछोरीलाई स्कुल पठाएर पानी भर्न आउँदा एक गाग्री पानी भर्न १२ बजे पालो आउँछ।

दुमकली भन्ने ठाउँको मुहानबाट पाइपमा ल्याएको सानो पानीमा एक गाग्री पानी भर्न आधा घण्टा लाग्छ। मुहान गाउँदेखि ५ किलोमिटर टाढा छ।रारा गाउँमा अहिले धारा चार वटा मात्रै छन्। त्यो पनि नियमित पानी आउँदैन।दुई घण्टा बेलुका र दुई घण्टा बिहान मात्रै आउँछ।

उनीहरू मात्र होइनन्, रारा गाउँका स्थानीयवासी एक गाग्री पानी भर्न पानीको धारामा लाइनै लाग्छन्।देवीकाले भनिन्, ‘यहाँका सबै बस्तीहरू यसै पानीको भरमा छन्। एक गाग्री पानी भर्न ५ घण्टासम्म लाइन कुर्नुपर्ने समस्या छ।’ भर्न लाइनमा झैझगडा हुन्छ।पानीको अभावले गर्दा सरसफाई गर्नदेखि पशु चौपायालाई खुवाउन समेत निकै गाह्रो भएको दुखेसो पोखिन्।

कहिलेकाहीँ त,पालो कुर्दै पानी सुक्छ।बिहान लगाएको भाडा नधोएर बेलुका त्यसै खाना पकाउने गर्छु। दुई घण्टा टाढा हिडे्र तिला नदिको पानी ल्याउने गरेको सुनाइन्।घरमा स साना बालबालिका चिच्याउने गर्नेछन्।बच्चाको दिसा पनि पखाल्न पनि पाइदैन्।उनले भनिन्।लुगा,धुन,बस्तुभाउलाई खुवाउन,तिला नदी जानू दैनिक कष्टकर बनेको छ।,रावतले भनिन्,पालो पर्खँदै भात,दाल र तरकारी डढेर नष्ट हुने हुन्छ।अन्य खानेपानीको स्रोत पनि छैनन्। 

पानीका मुहानहरू खडेरीले सुक्दै जानुले पनि खानेपानीको समस्या सिर्जना भएको छ।’ यता सुरन बस्नेतका अनुसार खानेपानीको समस्या भोग्न थालेको ४६ साल भइसक्यो। तर, पिउने पानीकै अभाव छ। अहिले रारा गाउँमा २ सय ८० घरधुरी छन्।२०३५ साल यताको समस्या ज्युको तिहुँ छ। नदिको पानी बोग्दा बोग्दै थाप्लोका कपालहरू पनि झरी सके। कति भाँडाकुँडा लोटेर गए,एक महिलाको ज्यान गयो।उनले भने, ‘नुहाउन त कहाँ हो कहाँ। मुख धुन पनि धारामा पालो पाइँदैन। थोरै पानी आउँछ। पानी भर्नेहरूको लाइन ठुलो हुन्छ।

बिहान को छिटो धारामा पुगेर पहिला पानी भर्ने भन्ने होडबाजी स्थानीयबिच हुने गरेको छ।धारामा सधैं गाग्री सम्मेलन हुन्छ।यो ठाउँमा निकै खानेपानीको समस्या छ, हामीहरू निकै समस्यामा छौँ, सधैँ खान पानीकै पिरलो हुन्छ, बारीमा तरकारी लगाऊँ, केही खेती गरौँ भने पनि पानीको कारण गर्न पाएका छैनौँ, ‘यसले गर्दा हामीहरू निकै मर्कामा परेका छौँ, यो ठाउँ खेतीपातीका लागि उर्वर भूमि हो, जुनसुकै खाद्य बाली उत्पादन हुन्छ, तर के गर्ने पानी छैन, कसरी उत्पादन गर्न सकिन्छ र ? ’स्थानीयले गुनासो गरे।

प्रकाशित: २२ कार्तिक २०८१ १९:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App