समाज

त्रियुगा नदीमा नुहाइरहेका तीन बालिका डुबे, दुईको मृत्यु एक बेपत्ता

सप्तरीको कञ्चनरुप नगरपालिका–४ स्थित त्रियुगा नदीमा डुबेर सोमबार दुई बालिकाको मृत्यु भएको छ । एकजना बेपत्ता छन्।

स्थानीय श्रवण महतोकी नौ वर्षीया छोरी प्रतिभा महतो र सुरेश सदाकी आठ वर्षीया छोरी जितनी सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदयकुमार रायले जानकारी दिए । 

धनकटामा रहेको त्रियुगा नदीमा नुहाउने क्रममा तीन बालिका डुबेका थिए । स्थानीय आठ वर्षीया काजल खंग अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । उनको खोजीकार्य जारी छ।  

प्रकाशित: १९ कार्तिक २०८१ १९:२३ सोमबार