समाज

देउसी भैलो खेलिरहेकोलाई बसले ठक्कर दिदा, दुईको मृत्यु,३३ घाईते (अपडेट)

अर्घाखाँचीको भुमिकास्थान नगरपालिका ६, खिल्जीमा देउसी भैलो खेलिरहेका समुहलाई बसले ठक्कर दिंदा दुई जनाको ज्यान गएको छ भने ३३ जना घाईते छन्।

वडा नम्बर ५ र ६ को सिमाना जयठाँटीमा सोमवार बेलुका ना ३ ख २४७१ नम्बरको  बसले देउसी भैलो नाचिरहेको स्थानमा ठक्कर दिएपछी घटना भएको हो । घटनामा २२ वर्षिय युवती तारा श्रेष्ठ र ७० वर्षिय रुनी खनालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख ९डिएसपी० चक्र बहादुर मल्लले जानकारी दिए । 

घाइते ३३ जनामध्ये गम्भीर रहेका ९ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ । उद्धारमा व्यस्त भएकाले घाइतेहरूको विवरण लिन नसकिएको डिएसपी मल्लले बताए। प्युठानबाट भैलो खेल्न आएको बसको एक्कासि ब्रेक फेल हुँदा बाटोमा भैलो खेली रहेको अर्को समूहलाई ठक्कर दिएको थियो।

घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको छ। ८ जनाको मध्यम र १६ जनाको अवस्था सामान्य रहेको अस्पतालका मेसु डा. जगन्नाथ तिवारीले बताए।

प्रहरी र स्थानीयले घटनास्थलमा उद्धार गरेका छन्। घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित: १९ कार्तिक २०८१ १८:३९ सोमबार

#bus accident #Deusibhailo