समाज

विद्यार्थी नेता पक्राउ

विश्वविद्यालयको केन्द्रीय क्याम्पसको गेटमा तैनाथ प्रहरी। तस्बिरः नगेन्द्र उपाध्याय/नागरिक

सुर्खेत – कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री खड्ग खत्रीको गाडी तोडफोड गरेको आरोपमा नेपाल विद्यार्थी संघ सुर्खेतका अध्यक्ष बिबेक आचार्यलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनका उपसभापति आदित्यविक्रम शाहलाई पक्राउ गरेको विरोधमा आन्दोलनरत विद्यार्थीहरुले गत बुधबार विश्वविद्यालय अगाडि मन्त्री खत्रीको गाडी तोडफोड गरेका थिए। विद्यार्थीको ढुङ्गा मुडाबाट मन्त्री खत्रीको बा २ झ १५६६ नम्बरको गाडीमा क्षति पुगेको थियो। सो गाडीमा माओवादी केन्द्रका नेता एवं सांसद धर्मराज रेग्मी सवार थिए।

जिल्ला प्रहरी कार्यालयले मन्त्रीको गाडी तोडफोडमा संलग्न रहेको आरोपमा आचार्यलाई पक्राउ गरेको हो। विद्यार्थी नेता आचार्य पक्राउ परेपछि यहाँका विद्यार्थीहरू आन्दोलित बनेका छन्। आचार्य वीरेन्द्रनगर नगरपालिका–६ का निर्वाचित वडा सदस्य पनि हुन्।

प्रकाशित: २५ चैत्र २०७४ ०८:२६ आइतबार

विद्यार्थी नेता पक्राउ