समाज

भक्तपुरका नेवार समुदायले आज म्हः पूजा र भोलि भाइटीका लगाउने

फाइल फोटो

भक्तपुरका नेवार समुदायले आज म्हः पूजा र भोलि कात्तिक १७ गते भाइटीका मनाउने भएका छन्।

भक्तपुर नगरपालकाले नगरवासीलाई आज साँझ ५‍ः१५ बजेपछि कछलाथ्व प्रतिपदा तिथि पर्ने भएकाले म्हःपूजा गर्न र कात्तिक १७ गते साँझ ७ः०१ बजेपछि द्वितीया तिथि पर्ने भएकाले भाइटीका अर्थात् किजा पूजा मनाउने निर्णय गरेको हो।सोही निर्णयपछि नगरक्षेत्रका नेवार समुदायले आज म्हःपूजा र भोलि भाइटीका गर्ने भएका हुन्। 

नगरपालिकाले नेपाल पञ्चाङ्ग निर्णायक समितिले कात्तिक १८ गते भाइटीका र किजा पूजा गर्ने निर्णय गरे पनि भक्तपुर नगरपालिकाले भने कात्तिक १७ गते मनाउन आग्रह गरेको छ।

यो सँगै  उपत्यकाका नेवार समुदाय र पहाडी जिल्लाका नेवार समुदायमा म्हः पूजामा अलमल देखिएको छ।

 

प्रकाशित: १६ कार्तिक २०८१ ११:४३ शुक्रबार

#tihar