समाज

निर्मला कुर्मीको न्यायका लागि आन्दोलनरत समूह र सरकारबिच ३ बुँदे सहमति

फाइल तस्बिर

नेपालगन्जकी निर्मला कुर्मीको न्यायका लागि आन्दोलनरत समूह र सरकारबिच ३ बुँदे सहमति भएको छ।

मंगलबार आन्दोलनरत समूह र सरकारबिच ३ बुँदे सहमति भएको हो। गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ र आन्दोलनरत पक्षको तर्फबाट रुबी खानले सम्झौतामा हस्ताक्षर गरेका छन्।

सहमतिअनुसार कुर्मी प्रकरणको शीघ्र निरूपणका लागि प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय, बाँकेलाई लेखी पठाउने निर्णय भएको छ। योसँगै खानसहितका महिलाहरूले गरेको आन्दोलन स्थगित भएको छ।

प्रकाशित: १३ कार्तिक २०८१ १७:१८ मंगलबार

#Nirmala Kurmi