समाज

बर्दियामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

.

.

बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। राजापुर नगरपालिका–१० ढुण्डिपुरका २७ वर्षीय एलिस शाहको सोमबार बिहान साढे नौ बजे मृत्यु भएको हो।

राजापुर नगरपालिका–६ टपरा स्थित हुलाकी सडक खण्डमा गुलरियातर्फबाट राजापुरतर्फ जाँदै गरेको मोटरसाइकल बिजुली पोलमा ठोकिएको थियो।

भे ७ प २६११ नम्बरको मोटरसाइकल तीव्र गतिको कारण अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिएको हो। मोटरसाइकल पोलमा ठोकिँदा चालक शाह शक्त घाइते भएका थिए।

घाइते उनलाई प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा पुर्‍याउँदा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ कार्तिक २०८१ १५:४९ सोमबार