समाज

पछिल्लो तीन महिनामा सवारी दुर्घटनाबाट बागमती प्रदेशमा ६० जनाको मृत्यु

सवारी नियम उलंघन गर्नेबाट झण्डै तीन करोड असुली

ट्राफिक प्रहरीले आर्थिक वर्ष २०८१र८२ को पहिलो तीन महिनामा सवारी नियम उलंघन गर्नेबाट २ करोड ७९ लाख ४१ हजार रुपैयाँ असुलेको छ। ३५ हजार ८५ सवारीसाधनका चालकबाट सो परिमाणको राजस्व संकलन भएको चितवनस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गमा जडान गरिएको सिसीटिभी र राडरगनबाट सवारीसाधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले सवारी सुरक्षामा निगरानी बढाउन थालेको छ।  

सोही अवधिमा बागमती प्रदेशका १० जिल्लामा भएका तीन सय ९७ सवारी दुर्घटनामा ६० जनाको मृत्यु भएको छ भने  एक हजार तीन जना घाइते भएका छन्। रासस

प्रकाशित: ११ कार्तिक २०८१ ०९:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App