समाज

जलवायुजन्य असर न्यूनीकरण गर्न प्रकृति बचाऔँ: अध्यक्ष मगर

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न प्रकृति संरक्षण गर्नुपर्ने बताएका छन्।

शनिवार ललितपुरमा नेपाल मधुमेह समाजको २८ औँ साधारण सभामा बोल्दै अध्यक्ष मगरले यस्तो कुरा बताएका हुन। उनले पछिल्लो समय जलवायु परिवर्तनको कारण स्वच्छ वातावरण बिग्रँदै गएको बताए। उनले स्वच्छ वातावरण बिग्रँदै जाँदा मानिसहरूको स्वास्थ्यमा समेत विभिन्न किसिमका रोगहरू लाग्ने गरेको बताए। उनले स्वास्थ्यको अधिकारलाई मुलुकको संविधानले सुनिश्चित गरेको भन्दै सबै मानिसहरूको स्वास्थ्यमा पहुँच पुर्‍याउन आवश्यक रहेको धारणा राखे।

उनले संविधानले स्वच्छ वातावरणको हकको व्यवस्था गरेको भन्दै स्वच्छ वातावरण नभए मानिसको जीवन स्वच्छ हुन नसक्ने बताए।उनले  स्वच्छ जीवनका लागि स्वच्छ वातावरणको आवश्यकता रहेको उल्लेख गरे।अध्यक्ष मगरले समयमै स्वास्थ्यमा ध्यान दिन सके मधुमेह रोग मानिसले नियन्त्रणमा राख्न सक्ने बताए। 

प्रकाशित: १० कार्तिक २०८१ १७:१७ शनिबार

#National Human Rights Commission #Nepal Diabetes Society #Tap Bahadur Magar