समाज

मोरङमा टिपरको ठक्करबाट महिलाको मृत्यु, चालक फरार

<br>

महेन्द्र राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैंचामा टिपरले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।

सुन्दरहरैंचा नगरपालिका–१० किस्ती पुलमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ क ३४१७ नम्बरको टिपरले पूर्वतर्फ जाँदै गरेको को २८ प ६१३२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

टिपरको ठक्करबाट स्कुटर चालक महिलाको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए। मृतक महिलाको पहिचान खुलेको छैन।

टिपरले ठक्कर दिएपछि गम्भीर घाइते भएकी महिलालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइ पुर्‍याउनासाथ चिकित्सकले मृत घोषित गरेको डिएसपी जोशीले बताए।

शवलाई कोशी अस्पतालमै राखिएको छ। उनका अनुसार मृतक महिलाको पहिचान खोज्ने कार्य भइरहेको छ। टिपर र स्कुटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

टिपर चालक फरार रहेकाले खोजी जारी राखिएको छ। प्रारम्भिक अनुसन्धानबाट तीव्र गतिको टिपरले ठक्कर दिँदा दुर्घटना भएको खुले पनि घटनाको थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित: ८ कार्तिक २०८१ १९:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App