समाज

भक्तपुरमा स्वन्ती नःखा तिहार मनाउने दिन सार्वजनिक

-

भक्तपुरमा तिहार मनाउने दिन सार्वजनिक गरिएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा विहीबार बसेको बैठकले यसवर्षको स्वन्ती नःखा तिहार २०८१ मनाउने विषयमा छलफल गरी निर्णय सार्वजनिक गरेको हो । 

बैठकमा भक्तपुर तलेजुका पूजारीहरु, राजोपाध्याय नाइके, जोशी नाइके, कर्मचार्य नाइकेहरु, ज्योतिषविद्लगायतका सरोकारवालाहरु सहभागी थिए ।  

बैठकले २०८१ कार्तिक १४ गते बुधबार काग तिहार, कार्तिक १५ गते दिनको ३ः१४ बजेसम्म चतुर्दशी तिथि लाग्ने हुँदा कुकुर तिहार र १५ गते दिनको ३ः१४ बजेपछि औंसी तिथि लाग्ने हुँदा लक्ष्मी पूजा मनाउने निर्णय गरेको हो । 

यस्तै कार्तिक १६ गते साँझ ५ः१५ बजेपछि कछलाथ्व प्रतिपदा तिथि पर्ने भएकोले म्हःपूजा मनाउने, कार्तिक १७ गते साँझ ७ः०१ बजेपछि द्वितीया तिथि पर्ने भएकोले भाइ टिका (किजा पूजा) मनाउने निर्णय गरेको छ ।

प्रकाशित: ८ कार्तिक २०८१ १४:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App