समाज

सुर्खेतको हुर्केमा बस दुर्घटना, १ जनाको मृत्यु

सुर्खेतको बराहताल गाउँपालिका-८ हुर्केमा बस दुर्घटना भएको छ।

बिहीबार बिहान जुम्लाबाट सुर्खेततर्फ आइरहेको कर्णाली प्रदेश ०२२१ ख १०१४ नम्बरको एसएमएल गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रुपेश खड्काले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।

मृत्यु हुनेमा दैलेखको ठाटिकाध ४ घर भएका ३५ वर्षका दीपक शाही रहेका छन्। उनको उपचारको क्रममा मृत्यु भएको खड्काले बताए।

प्रकाशित: ८ कार्तिक २०८१ १२:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App