समाज

मिथिलाको पहिचान झल्किने उदेश्यसहित एकदिने मेला आयोजना हुँदै

मधेश र मिथिलाको पहिचान झल्काउने उदेश्यसहित काठमाडौँमा एकदिने मेलाको आयोजना हुने भएको छ।

कर्ण कायस्थ महिला समाजले यहि कात्तिक १० गते शनिवार बालुवाटारमा मधेशी महिलाहरूद्वारा बनाइएका विभिन्न हस्तकला सामग्रीसहित मेलाको आयोजना गर्न लागेको हो।

मेलाको उद्घाटन दिव्यपुरुष डा. गौरिशंकर लाल दासले गर्ने समाजकी अध्यक्ष पुनम दासले बताइन्।

उनले विशेषगरी मधेश र मिथिलाको पहिचान झल्काउने गरी बनाइएका मिथिला चित्रकला, खाद्यान्नका परिकार, हस्तकलाका सामग्रीसहितको स्टल राखेर मेलाको आयोजना गर्न लागिएको बताइन्।

समाजले पहिलोपटक 'चित्रांगन मेला' नाम दिएर आयोजना गर्न लागेको मेलामा २५ वटा स्टल राखिने पनि जानकारी दिइन्।  

बिहान ११ बजेदेखि सुरु हुने मेला साँझ ६ बजे सकिनेछ।

प्रकाशित: ८ कार्तिक २०८१ ११:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App