समाज

भक्तपुर अस्पतालले पायो उत्कृष्ट पुरस्कार

बागमती प्रदेशका १३ वटा अस्पतालमध्ये भक्तपुर अस्पताल उत्कृष्ट ठहरिएको छ।  बागमती प्रदेश सरकार स्वस्थ्य मन्त्रालयद्वारा आर्थिक वर्ष २०८०/८१ मा सम्पादित स्वस्थ्य कार्यालयहरुको प्रदेशस्तरीय वार्षिक समीक्षामा भक्तपुर अस्पताल उत्कृष्ट घोषित भएको हो।

मुख्यमन्त्री बहादुरसिंह लामा र स्वास्थ्यमन्त्री किरण थापाले अस्पताललाई पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरेको अस्पतालकी निर्देशक डा सुमित्रा गौतमले बताइन् ।समीक्षा बैठक बुधबार समापन भएको हो। 

भक्तपुर अस्पतालले यसअघि पनि उत्कृष्टताको पुरस्कार प्राप्त गरेको थियो । अस्पतालले प्रदेश सरकारको बजेटमा आगामी महिनादेखि एमआरआई सेवा सञ्चालन गर्ने डा.गौतमले जानकारी दिइन्।

प्रकाशित: ८ कार्तिक २०८१ १०:१९ बिहीबार

#Bhaktapur