समाज

विपद् पछिको पुनः निर्माणमा सरकार गम्भीर छ: भौतिक मन्त्री दाहाल

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विपद् पछिको पुनः निर्माणमा सरकार गम्भीर भएर लागेको बताएका छन्।

रामेछापको मन्थलीमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले वर्तमान सरकार काम गर्नकै लागि बनेकाले नागरिकको सहजताका लागि आवश्यक पुनः निर्माणको काम गरिरहेको बताए। उनले सरकारले आफ्नो गतिमा काम गर्दागर्दै विपद् आएपछि सरकारका प्राथमिकताहरू परिवर्तन भएको बताए।उनले सरकारले बाढी पहिरोबाट पीडित नागरिकको उद्धार, राहत र पुनः स्थापनामा केन्द्रित भई काम गरिरहेको बताए।उनले विपद्का कारण सबैभन्दा बढी क्षति सडक र पुल पुलेसामा भएको बताए।

गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीले बगाएको रामेछाप र सिन्धुली जोड्ने खुर्कोटमा रहेको सुनकोसी नदीको बेली ब्रिज पुल निर्माण सम्पन्न भई सञ्चालन गरिएको छ। नेपाली सेना र सरकारले मिलेर पुल निर्माण सुरु भएसँगै यातायात सञ्चालनमा केही सहज हुने अपेक्षा छ।सबैभन्दा पहिला पुलमा लोड सीमित गर्नुपर्ने चुनौती छ। नेपाली सेनाले १५ टन मात्रैको सिफारिस गरेको छ। स्पिड सीमित गर्ने र भारवहन १५ टन मात्रै गर्ने गरी वार्निङ साइन राख्ने योजनाअनुसार काम अघि बढाइएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन्। 

प्रकाशित: ७ कार्तिक २०८१ १६:३८ बुधबार

#Minister Devendra Dahal