खानेपानीमन्त्री प्रदीप यादवले वर्षा याममा मेलम्ची खानेपानी बन्द गर्नुपर्ने अवस्था अन्त्य गर्नका लागि सरकारले काम सुरु गरिसकेको बताएका छन्।
सो पानीको मुहानमा नयाँ हेडवक्स निर्माण कार्य सुरु गरेर सरकारले वर्षा याममा मेलम्ची खानेपानी काठमाडौं नआउने अवस्था अन्त्य गर्ने कामको सुरुवात गरेको मन्त्री यादवको भनाइ थियो।
मंगलबार अपराह्न सिंहदरबारमा आफूले सम्पादन गरेका सय दिनको मुख्य मुख्य कार्यहरू सार्वजनिक गर्नेक्रममा उनले सो पानी वर्षातमा पनि वितरण हुने गरी नयाँ हेडवक्स निर्माण कार्य सुरु गरिएको जानकारी दिएका हुन्।
मन्त्री यादवले आफूले गत वर्ष माघमा मात्रै ल्याउन सफल भएको मेलम्चीको पानी यस वर्ष दसैं अगावै ल्याउने काममा सफलता हात पारेको दाबी समेत गरे।
उनले मन्त्रालयले सुन्दरी जलमा दैनिक २२ करोड ५० लाख लिटरको नयाँ पानी प्रशोधन केन्द्रको निर्माणको काम पनि अघि बढाएको सुनाए।
मन्त्री यादवले स्रोत, साधन र जनशक्तिको अभावमा खानेपानी व्यवस्थापनको काम चुस्त हुन नसकेको तथ्य स्मरण गराउँदै आम नागरिकलाई स्वच्छ पानी खुवाउने काममा सरकार प्रतिबद्ध भएर लागि परेको बताए।
विपद्ले अवरुद्ध पारेका खानेपानीको सुचारु गराउने काममा पनि आफू लागि परेको उनको भनाइ थियो।
प्रकाशित: ६ कार्तिक २०८१ १८:२८ मंगलबार