सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म कृष्ण नगरले कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर १२ ठकुरापुरमा ३ हजार अवैध कुखुराको चल्ला बरामद गरेको छ।
टाउकोमा बोकेर चार जनाले ल्याइरहेको अवस्थामा दशगजा क्षेत्रबाट सो चल्ला बरामद गरिएको हो।
राति २ बजेको समयमा मोबाइल गस्ती टोलीले सो चल्ला बरामद गरेको कृष्णनगरका सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र न्यौपानेले बताए। सो चल्लाको अनुमानित ३ लाख मूल्य रहेछ।
स्थानीय, जनप्रतिनिधि, पत्रकार, पशु क्वारेन्टाइन प्रतिनिधि, प्रहरी लगायतको रोहबरमा नष्ट गरिएको छ। भारतमा कुखुरा र चल्ला सस्तो भएकाले तस्करहरूले जिल्लाका विभिन्न सीमा नाकाबाट भित्राउने गरेका छन्।
प्रकाशित: ६ कार्तिक २०८१ १२:२६ मंगलबार