समाज

घरमै यौनधन्दा चलाउने महिला पक्राउ

घरमा यौन धन्दा चलाएको आरोपमा काठमाडौंबाट एक महिला पक्राउ परेकी छन्।बालिकालाई बन्धक बनाएर आफ्नै घरमा जबरजस्ती यौनजन्य कार्यमा लगाउने महिला मुलपानीबाट पक्राउ परेकी हुन्।

नुवाकोटको तादी गाउँपालिका–३ स्थायी घर भइ हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–४ मुलपानी बस्ने ४३ वर्षिया सीता गोतामेले घरमा बालिकालाई बन्धक बनाएर यौन धन्दा चलाएको प्रहरीको भनाइ छ।

उनले आफ्नो घरमा भाँडा माझ्न र सरसफाइका लागि भनेर मासिक २० हजार रुपैयाँ दिँदै एक बालिकालाई राखेकी थिइन्।तर, काममा राखेको केही समयपछि गोतामेले ती बालिकालाई घरबाट बाहिर समेत निस्कन नदिई आफ्नै घरमा बन्धक बनाई जबरजस्ती यौनजन्य कार्यमा लगाएको पाइएको प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले जनाएको छ।

गोतामे विरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अनुसन्धान भइरहेको छ।

बालिकालाई जबरजस्ती यौनजन्य कार्यमा लगाएर ग्राहकबाट एक हजारदेखि तीन हजार रुपैयाँसम्म लिने गरेको पाइएको छ। प्रहरीले उनको घरबाट चार जना बालिकाको उद्धार गरेको छ।

प्रकाशित: ५ कार्तिक २०८१ १२:४६ सोमबार

#pakrau