समाज

मधेसमा मनाइयो करवा चौथ

पतिको लामो आयुको कामना गर्दे कपिलवस्तु सहित तराई मधेसमा मधेसी समुदायका महिलाहरूले  करवा चौथ हर्षोल्लासका साथ मनाएका छन्। सो अवसरमा आइतबार दिनभरि उनीहरु निर्जल तथा निराहार व्रत बसी भगवानसँग आफ्नो श्रीमानको लामो आयु तथा सुख संवृद्धिको कामना गरेका हुन्।

कार्तिक कृष्णपक्ष चतुर्थीका दिन यो पर्व हरेक बर्ष तराईका महिलाहरूले धुमधामसँग रमाइलो गरी गरी मनाउने गर्दछन्। करवा शब्दको अर्थ माटोमा भाडार चौथको चौथी हो। अविवाहित युवतीले राम्रो पतिको कामना र विवाहित महिलाले आफ्नो श्रीमानका दीर्घायु र रक्षाको कामना गरी यो पर्व मनाउने चलन रहेको स्थानीय पशुपतिमणि त्रिपाठीले बताए। भारतको उत्तर प्रदेश सही केही राज्यमा यो पर्व लोकप्रिय रहेको छ। यो पर्वमा महिलाहरु राति चन्द्रमा नउदाउन्जेल सम्म व्रत बस्ने गर्दछन्।

राति चन्द्रमाको विशेष पूजा अर्चना गरी चाल्नोले आफ्नो श्रीमानको मुख हेर्नै चलन रहेको कपिलवस्तु नगरपालिका – ३ धनौराकोटकी की रेनु श्रीवास्तवले बताईन। उनले विवाहित महिलाहरूले पतिको लामो आयुको र संबृद्धीको कामना गरी यो यो पर्व मनाउने चलन रही आएको बताईन। प्रदेश नम्बर ५ की प्रदेश निवर्तमान सदस्य सुषमा यादवले यो पर्वमा आफू पनि निर्जल व्रत बसी पतिको लामो आयुको कामना गरेको बताईन। छर छिमेक र घर परिवार मिलेर यो पर्व मनाएको उनले बताईन।

चन्द्रमाको पूजा पछि श्रीमानलाई आफनै हातले पानी खुवाएर महिलाहरूले व्रत तोड्ने गर्दछन्। यस दिन व्रत बस्ने महिला र उसको पतिको भगवानले रक्षा गर्ने विश्वास रही आएको छ।  यस अवसरमा घरमा नयाँ उत्पादन भएको धानु कुटीएको चामलको पीठोका विभिन्न परिकार, मिठाई लगायतका परिकारहरू बनाई खाने चलन रही आएको छ। पूजाको प्रसाद छर छिमेक तथा इष्टमित्र लाई बाडने समेत गरिन्छ। यो पर्व भारतमा निकै रमाइलो गरी मनाइने गरिन्छ। 

प्रकाशित: ५ कार्तिक २०८१ ११:४३ सोमबार