समाज

अरिङ्गालले टोकेर घाइते भएका बृद्धको मृत्यु

बाजुराको बडीमालिका नगरपालिकामा अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ। 

गतअसोज २५ गते अरिङ्गालले  टोकेर घाइते भएका ६० वर्षीय डम्मबहादुर साउदको मृत्यु भएको हो। 

भारतको मुम्बइ सेन्टरस्थित नायर अस्पतालमा उपचारका क्रममा  साउदको मृत्यु भएको आफन्तले जानकारी दिए। दसैंका बेला भैँसीको गोठमा अरिङ्गालले बनाएको घार भत्काउन खोज्दा साउदलाई टोकेको थियो। 

प्रादेशिक अस्पतालमा समेत उपचार सम्भव नभएपछि उनलाई भारत लगिएको थियो। सोही घटनामा स्थानीय  ६५ वर्षीय अङ्गे बडुवालको भने घटनास्थलमै मृत्यु भएको थियो। रासस

प्रकाशित: ५ कार्तिक २०८१ ११:३३ सोमबार

#Death #Bajura