समाज

डीआईजीद्वय राणा र ह्योजु एआईजीमा बढुवाका लागि सिफारिस

नेपाल प्रहरीका दुईजना प्रहरी नावय महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन्।

नेपाल प्रहरीको बढुवा समितिको आईतवार बसेको बैठकले नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप समूहतर्फको प्रहरी अतिरिक्त महानिरिक्षकतर्फ डीआईजी डा. सुन्दरप्रसाद ह्योजुलाई बढुवाका लागि सिफारिस गरेको हो।

यस्तै समितिले जनपद प्रहरी समूहतर्फको प्रहरी नायव महानिरिक्षकलाई सोही समूहतर्फको प्रहरी अतिरिक्त महानिरिक्षक पदमा किरण राणालाई बढुवाका लागि सिफारिस गरेको छ।

बढुवा सिफारिस भएका जनपद प्रहरी समूहका राणा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटमा कार्यरत छन् भने प्राविधिक समूहका डा. ह्योजु नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत छन्।

प्रकाशित: ५ कार्तिक २०८१ ०७:५८ सोमबार

#Nepal Police #kiran rana #sundar prasad hoju