अहिले देशभर पश्चिमी वायुको प्रभावका साथै स्थानीय वायुको पनि आंशिक प्रभावका कारण देशको पहाडी भू भागमा आंशिक बदली भएको छ। बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो भने लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ।लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका एकदुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको समेत सम्भावना छ।
त्यस्तै आज राती पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।देशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
प्रकाशित: ५ कार्तिक २०८१ ०६:१७ सोमबार