समाज

शनिबार झण्डै ६ हजारले गरे पाथीभरा दर्शन

<br>

पाथीभरा मन्दिरमा तीर्थालुको घुइँचो।

ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरा मन्दिरमा शनिबार एकै दिन झण्डै ६ हजार तीर्थालुले दर्शन गरेका छन्।

पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेका अनुसार शनिबार ५ हजार ९ सय ८३ जनाले मन्दिरको दर्शन गरेका छन्। यो संख्या असोज महिनाकै सबैभन्दा बढी हो।

पाथीभरा क्षेत्र विकास समितिका सूचना प्रविधि संयोजक सन्तोष पुर्कुटीका अनुसार असोज महिना भरमा ५ हजार ९ सय ४९ दर्शनार्थीले मन्दिरको दर्शन गरेका थिए।

असोज दोस्रो साता परेको अबिरल वर्षापछि मेची राजमार्ग तथा तमोर करिडोर अवरुद्ध बनेको थियो। सो कारण नवरात्रको समयमा पनि पाथीभरा सुनसान जस्तो थियो।

दुवै सडक मार्ग सुचारु भएसँगै पाथीभरा मन्दिर दर्शन गर्ने तिर्थालुलको संख्यामा दिनहुँ वृद्धि हुँदै गएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले जानकारी दिए।

धनकुटाबाट पाथीभरा मन्दिरको दर्शन गर्न आएका तीर्थालु गोपाल बराइलीले पाथीभरा क्षेत्रको माथिल्लो फेदीबाट शनिबार बिहान २ बजे उठेर मन्दिरतर्फ लाग्दा तीर्थालुहरु पदमार्गमा प्रशस्तै भेटिएको सुनाए।

पाथीभरा मन्दिरका कर्मचारी राजेन्द्र महतले तिर्थालुको चाप बढेसँगै मन्दिर परिसरमा तीर्थालुको व्यवस्थापनका लागि लाइन लगाई पूजाआजा गर्ने प्रबन्ध मिलाइएको जानकारी दिए।

‘तिर्थालुलाई सहज रुपले पूजा गरी फर्कने गरीको व्यवस्थापन गरिएको छ’ महतले भने।

प्रकाशित: ३ कार्तिक २०८१ १६:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App