समाज

जग्गादातालाई प्रहरीको सम्मान

अस्थायी प्रहरी पोष्ट झोता र  छान्ना पाटादेवलका लागि निःशुल्क जग्गा उपलब्ध गराएका नन्दादेवी सिंह, कृष्णबहादुर सिंह र पूर्णबहादुर थापालाई सम्मान गरिएको छ।

जिल्ला प्रहरी कार्यालयमा शनिबार आयोजित कार्यक्रममा उनीहरूलाई प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान रिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज भण्डारीका अनुसार अस्थायी प्रहरी पोस्ट् झोताका लागि नन्दादेवी र कृष्णबहादुर र थापाले जग्गा दान गरेका थिए।

प्रहरी प्रमुख भण्डारीले चैनपुरस्थित जिल्ला प्रहरी कार्यालय, बु्ङ्गलमा रहेको इलाका प्रहरी कार्यालय र मेलबिसौनाको प्रहरी चौकीबाहेक अन्य स्थानमा रहेका कार्यालय भाडाको घरमा सञ्चालन भएको बताए।

–रासस

प्रकाशित: ३ कार्तिक २०८१ ११:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App