समाज

मेचीमहाकाली राष्ट्रिय उद्धार यात्रा : दोस्रो दिन ६ जनाको उद्धार (तस्बिरसहित)

मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राका क्रममा मंगलबार ६ जना सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार भएको छ ।

'यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा' भन्ने मूल उद्धेश्यसहित ३२ दिनसम्म यात्रा सञ्चालन हुनेछ । मंगलबार उद्धार टोली झापाको दमक नगरपालिकादेखि मोरङको विराटनगर महानगरपालिकासम्मका सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा भेटिएका मानवहरुको उद्धार तथा सेवामा खटिएको थियो ।  

जसमध्ये झापाको दमकबाट २ जना, मोरङको बेलबारीबाट २ जना, ग्रामथान गाउँपालिकाबाट १ जना र विराटनगर महानगरपालिका १५, रामजानकी मार्गबाट १ जनाको उद्धार गरिएको मानवसेवा आश्रमले जनाएको छ । यात्राको पहिलो दिन सोमबार १० जना सडकआश्रित मानवहरुको उद्धार गरिएको थियो ।  

उद्धार गरिएका सडकआश्रित मानवहरुको मानवसेवा आश्रम विराटनगर सेवाकेन्द्रमा मंगलबार नै गृहप्रवेश गराइएको छ । साथै भोलि बुधबार सुनसरीको धरान, इनरुवा, दुहवी क्षेत्र वरपरका सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टकर जीवन बिताउन बाध्य सहयोगापेक्षी मानवहरुको उद्धार गरिने मानवसेवा आश्रमले जनाएको छ । 

तस्बिर : मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसन । 
तस्बिर : मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसन । 
तस्बिर : मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसन । 
तस्बिर : मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसन । 
तस्बिर : मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसन । 

प्रकाशित: २९ आश्विन २०८१ १८:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App