काठमाडौं महानगरपालिकाले गौशालास्थित धर्मशाला सञ्चालन गर्नका लागि काठमाडौं जिल्ला प्रशासनसँग सुरक्षा मागेको छ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पत्र लेख्दै प्रशासनसँग सुरक्षा दिन माग गरेका हुन्।
पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरबिच पशुपति गौशाला धर्मशाला सञ्चालन, व्यवस्थापन गर्ने लिखित सहमति भएको र उक्त सहमतीपत्र बमोजिम सञ्चालन र व्यवस्थापन गर्न शान्ति सुरक्षा सहित आवश्यक सहयोग गरिदिन पत्रमा प्रशासनलाई अनुरोध गरिएको छ।
प्रकाशित: २९ आश्विन २०८१ १५:१८ मंगलबार