समाज

धर्मशाला सम्बन्धमा कोषले भन्यो: गलत ढंगले अतिक्रमण नगरी संरक्षण गर्नु सबैको कर्तव्य

पशुपति क्षेत्र विकास कोषले गौशाला धर्मशाला संरक्षण गर्नु सबैको कर्तव्य हुने बताएको छ।

मंगलबार पत्रकार सम्मेलन गर्दै कोषले श्री पशुपतिनाथको जग्गा र जग्गामा रहेको सम्पत्ति संरक्षण गर्नु सबैको कर्तव्य हुने बताएको हो।

'भगवान् श्री पशुपतिनाथको जग्गा र जग्गामा रहेको सम्पत्ति सेवासँग जोडेर कोही कसैले पनि गलत ढंगले अतिक्रमण गर्न नदिई भगवानको सम्पत्तिको संरक्षण गर्नु हामी सबैको कर्तव्य हुने कुरामा दुई मत छैन, हुनु पनि हुँदैन । राज्य चलाउन आवश्यक पर्ने राजश्व भन्दा पनि उच्च स्वरूपमा भगवानको शिवस्व, देवस्व र ब्रह्मस्वले यस्तो नियत राख्ने जो कोहीलाई पनि पोल्ने छ भन्ने पनि हामीलाई राम्रोसँग ज्ञान छ’, पत्रकार सम्मेलनमा भनिएको छ।

यस्तो छ विज्ञप्ति:

प्रकाशित: २९ आश्विन २०८१ १४:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App