समाज

मिनीट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

उर्लाबारी – बूढीगंगा गाउँपालिका–३ स्थित गोकुवा चोकमा  शुक्रबार बिहान मिनीट्रकको ठक्करबाट एक साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ। 

को १ ख ३०७२ नं को मिनीट्रकले साइकलमा सवार सुनसरी दुहबी–६ बस्ने ३५ वर्षीय सत्यनारायण ऋषिदेवलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो। 

मृतकको शव परीक्षणका लागि कोशी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ। ठक्कर दिने ट्रक चालकलाई इलाका प्रहरी कार्यालय निमुवाले नियन्त्रणमा लिएको छ। 

प्रकाशित: २३ चैत्र २०७४ १०:२१ शुक्रबार

मिनीट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु