समाज

घर जलेर नष्ट

संखुवासभा – संखुवासभाको भोटखोला गाउँपालिका २ रिदाकमा एक घर जलेर नष्ट भएको छ। भान्साबाट सल्केको आगोले चुन्दाक लामाको काठले बनेको एक तले घर जलेर नष्ट भएको हो।

आगलागी भएको खबर पाए लगत्तै प्रहरी चौकी थुदामको प्रहरी टोली र स्थानीयहरुरूको सहयोगमा आगो नियन्त्रणमा लिएको थुदाम प्रहरी चौकीले जनाएको छ।

बिहीबार भएको आगलागीबाट २ तोला सुन, २ तोला चाँदी र अन्नपात गरी ३ लाख बराबरको क्षति भएको थुदाम प्रहरीले जनाएको छ। आगलागीबाट अन्य मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

प्रकाशित: २३ चैत्र २०७४ १०:११ शुक्रबार

घर जलेर नष्ट