समाज

विपद् र उद्दारमा खटिएका सशस्त्रका प्रहरी निरीक्षक बडुवालको निधन

विपद्, उद्दार र राहत वितरण कार्यमा खटिएका सशस्त्र प्रहरी निरीक्षक दिल बहादुर बडुवालको निधन भएको छ। सशस्त्र प्रहरी निरीक्षक बडुवालाई ज्वरो लगायतका समस्या देखिएपछि असोज २६ गते नेपाल एपीएफ अस्पताल बलम्बुमा भर्ना भएका थिए। उनको उपचारको क्रममा सोमवार बिहान निधन भएको हो।  

विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बलले गत असार २ गते काभ्रे जिल्लाको  पनौती नगरपालिका (५ आइटी पार्कमा मनसुनजन्य विपद् व्यवस्थापन बेश क्याम्प स्थापना गरेको थियो। सोही बेशमा साउन ३ गतेदेखि कमान्डर  रहेका बडुवाल हालसम्म त्यहीँ कार्यरत थिए।

पछिल्लो समय असोज ११ गते देखिको अविरल वर्षाका कारण काभ्रेको विभिन्न ठाउँमा भएको जनधनको क्षतिमा उद्दारका लागि उनको कमान्डमा सशस्त्र प्रहरी बल निरन्तर खटिएको थियो। सो बेशबाट काभ्रेको रोशी , भुमिडाँडा , बेथानचोक , नार्केबजार , मंगलटार , कालढुंगा , बाल्टिङ लगायतका स्थानमा परिचालित थियो।

बर्दिया घर भएका बडुवालले २०६० सलबाट सशस्त्र प्रहरी सहायक निरीक्षक दर्जाबाट सेवा प्रवेश गरेका थिए। उनको सोमवार साँझ पशुपति आर्यघाटमा फौजी सम्मानका साथ अन्त्येष्ठि गरिने छ। 

प्रकाशित: २८ आश्विन २०८१ १६:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App