समाज

बेल्जियमको स्थानीय सरकारमा दुई नेपाली मूलका उम्मेदवार निर्वाचित

बेल्जियममा भएको स्थानीय तहको निर्वाचनमा दुई नेपाली मूलका उम्मेदवार निर्वाचित भएका छन्।बेल्जियमको राजनीतिमा उनीहरुको ऐतिहासिक जित हो।

तीन दशक यता नेपाली बसोबास गर्न थाले यता पहिलो पटक प्रत्यक्ष चुनाबी प्रतिस्पर्धामा नेपालीहरु बिजयी भएका हुन्। दोस्रो पुस्ताको सानदार आगमनसँगै भबिष्यको राजनीतिक बाटो उज्ज्वल बनेको छ।

स्वायत्त र भाषिक आधारमा तीन प्रान्त रहेको संघीय र राजतन्त्रात्मक मुलुक, युरोपको राजधानीको रूपमा समेत परिचित बेल्जियमको सम्पन्न स्थानीय निकायको निर्वाचनमा निर्वाचन अन्तर्गत ब्रुगे नगरपालिकाको सदस्यमा नेपाली दोस्रो पुस्ताकी प्रज्ञा तिमील्सिना र लुभेन नगरपालिका सदस्यमा पहिलो पुस्ताका सूर्य ढकाल निर्वाचित भएका हुन्।

निर्वाचनमा अन्य नगरपालिका र अन्य क्षेत्रमा ११ नेपाली पनि उम्मेदवार बनेको भए पनि तिमिल्सिना ७८८ र ढकालले १०७४ मत प्राप्त गरी निर्वाचित भए। ब्रुगे नगरपालिकाको सदस्यमा निर्बाचित तिमिल्सिना सानो उमेरमा राजनीतिमा प्रवेश गरेका छन्। उनी सबैभन्दा कम उमेरमा उक्त नगरको सदस्यमा निर्बाचित भएका हुन्।

कास्कीमा जन्मिएका सबैभन्दा कान्छी सदस्यका रूपमा निर्वाचित २५ वर्षीया प्रज्ञाले निर्बाचनमा सहयोग गर्नेहरुप्रति आभार प्रकट गरेकी छन्।

आफ्नो बुवाको प्रेरणाबाट आफूलाई राजनीतिमा प्रवेश गर्न मन लागेको उनले बताइन्। उनका बुवा पूर्ण तिमिल्सिना नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति बेल्जियमका निवर्तमान सभापति एवं नेपाल विद्यार्थी संघ कास्कीका पूर्व सभापति हुन्।

बेल्जियमको स्थानीय निर्वाचन यस पटक करिब पैतालिस प्रतिशतको हाराहारीमा मात्र मत खसेको थियो। गत निर्वाचनमा ६० प्रतिशत मत खसेको थियो। गाउँपालिका नगरपालिका सहित ५८१ स्थानमा भएको निर्बाचनमा सूर्य ढकाल सत्तारुढ पार्टीबाट लुभेन नगरपालिकामा विजयी भएका हुन्।

आधिखोला गाउँपालिका,फापरथुम निबुवाबोट स्याङजामा जन्मिएका ढकालले आफू विजयी बनेपछि भने,“निर्बाचनमा मतदाता र सहयोगी सबैलाई नमन गर्दछु। नेपालीले बेल्जियममा नयाँ इतिहास रच्दै आउने पुस्तालाई बेल्जियमको राजनीतिमा झन ढोका खुला भएको छ।”

अनुमानित १५ हजार नेपाली बसोबासगर्ने बेल्जियमको लुभेन क्षेत्रबाट कृष्ण सगुन क्षेत्री र ब्रुज क्षेत्रबाट रमेश कँडेल जितको नजिक पुगेर पराजित भएको गोरखापत्रमा समाचार छापिएको छ। 

प्रकाशित: २८ आश्विन २०८१ ०९:५८ सोमबार

#nepali #belgium