समाज

मुख्यमन्त्री कार्कीद्वारा आमाको हातबाट टीका ग्रहण

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ९० वर्षीया आमा जानुकादेवी कार्कीको हातबाट टीका तथा जमरा ग्रहण गरेका छन्।

टीकाको शुभसाइतमा उनले शनिवार झापाको गौरादह–३ स्थित निजी निवासमा टीका ग्रहण गरेका हुन्।

मुख्यमन्त्री कार्की शनिवार दिनभर गौराहदस्थित निवासमै बसेर आफन्तसँग शुभकामना आदानप्रदान र टीका लगाउने कार्यक्रम छ। उनले प्राकृतिक विपद्ले दिएको पीडाबीच आपसी सहयोग र सद्भावकासाथ दसैँ मनाउन आग्रह गरेका छन्।

कोशी प्रदेशका केही जिल्लासहित देशका विभिन्न भागमा आएको बाढीपहिरोले जनधनको ठूलो क्षति पुर्‍याएकाले विपद्को सामना गर्दै एकापसमा सहयोग, सद्भाव र भ्रातृत्वका साथ यस वर्षको दसैँ मनाउन उनले आग्रह गरेका हुन्। रासस

प्रकाशित: २६ आश्विन २०८१ १५:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App