समाज

पूर्वप्रधानमन्त्री नेपालकी पत्नी भान्सामा लडेर घाइते

पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकी पत्नी गायत्री नेपाल भान्सामा चिया बनाउने क्रममा लडेर घाइते भएकी छन्। 

भान्सामा पोखिएको दूधमा चिप्लिदा उनी लडेकी हुन्। पार्टी निकट पत्रकार संगठनका अध्यक्ष विश्वमणि सुवेदीले घटनाबारे जानकारी दिएका हुन्। उनका अनुसार गायत्रीको देब्रै हात भुइँमा बजारिदा फ्याक्चर भएको छ। 

लडेर घाइते भएकी उनलाई तत्कालै माधव नेपाल सहितको टोलीले बीएण्डबी अस्पताल ग्वार्को लगेको थियो।  

 

प्रकाशित: २५ आश्विन २०८१ १३:०९ शुक्रबार

#Madhavnepal #Wife