समाज

चाडपर्वको मौका छोपी चोरी गर्ने ४ जना पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले चाड पर्वको मौका छोपी घरमा चोरी गर्ने ४ जनालाई पक्राउ गरेको छ।

कार्यालयका अनुसार बुधवार दिउँसो २ बजेको समयमा काठमाडौँ महानगरपालिका वडा नं. ३२ पेप्सीकोलास्थित अन्जली ताम्राकारको घरमा चोरी गरेको अभियोगमा ४ जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा नुवाकोट मेघाङ गाउँपालिका वडा नं. ५ का २८ वर्षीय मनिष सापकोटा, काभ्रेपलाञ्चोक पाचखाल नगरपालिका वडा नं. १३ का २७ वर्षीय धनेष लामा, नुवाकोट मेगाङ गाउँपालिका वडा नं. ५ कै डियुक  सापकोटा र सोही स्थानकी २६ वर्षीया श्रीमाया तामाङ रहेकी छिन्।

प्रहरीका अनुसार उनीहरुले ताम्राकारको साढे ३ तले पक्की घरको माथिल्लो तलामा डेरा गरी बस्ने चाइनिज नागरिक ५७ वर्षीया लुओ जिया लियानको कोठाको ताला फोडी १९ लाख नगद तथा सि.सि. क्यामेराको हार्डड्राईभ चोरी गरेका थिए।

चोरी गरेको घटनाको अनुसन्धान गर्ने कम्रमा उनीहरूलाई बिहीवार काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत बानेश्वर  पठाइएको छ।

उनीहरुको साथबाट प्रहरीले नगद १६ लाख ४९ हजार ७४०, चोरी गरेको फलामको लकर १ थान, चोरी गरेको रकमबाट बाडफाड गरी उक्त रकम बाट खरिद गरिएको नयाँ एनएस २०० मोटरसाइकल १ थान र पक्राउ गरिएका व्यक्तिहरुले प्रयोग गर्ने मोबाईल ६ थान पनि बरामद गरेको छ।

प्रकाशित: २४ आश्विन २०८१ १८:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App