समाज

बालेनको आरोप: पशुपति धर्मशालामा खाली गर्न प्रहरीले रोक्यो

काठमाडौं महानगरका मेयर बालेन्द्र साहले पशुपति क्षेत्रको गौशाला धर्मशाला खाली गराउन नेपाल प्रहरीले सहयोग नगरेको आरोप लगाएका छन्।

मेयर साहले बुधबार सामाजिक सञ्जालमा लेख्दै धर्मशाला खाली गराउन महानगर टोलीलाई नेपाल प्रहरीले सहयोग नगरेको बताएका हुन्।

उनले लेखेका छन्, 'सम्बन्धबाट  सम्झौता गरी गौशाला धर्मशालाको नाममा मारवाडी सेवा समितिले ९ रोपनी ९ आना २ पैसा जग्गा वर्षौँ देखि केही हजार रुपैयाँ तिरेर हड्पेको जग्गा अदालतले दबी पुग्दैन भनेर पशुपति विकास कोषलाई नै जिम्मा दिन्छ, अनि कोषले  महानगरलाई धर्मशाला तथा असक्तहरूलाई नसुल्क खाना र औषधि उपचार गर्न  भनेर दिएको कुरा अहिलेलाई  संरचना महानगरले संरक्षण गर्न खोज्दा नेपाल प्रहरीले महानगरलाई हस्तक्षेप गरेर त्यो समितिको संरक्षण गर्छ भने बुझे हुन्छ देश चलेको त यस्तै समितिबाट पो रहेछ।'

मेयर साहले आफूलहरु देश प्रहरी  र सरकारले चलाएको भन्ने भ्रममा रहेको पनि उल्लेख गरेका छन्।

बुधबार दिउँसो पशुपति क्षेत्रको गौशाला धर्मशाला खाली गराउन वडा नम्बर ८ का वडाध्यक्ष आशमान संगत र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको टोली धर्मशाला पुगेको थियो। 

प्रकाशित: २३ आश्विन २०८१ १६:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App