समाज

लागू औषधसहित एक जना पक्राउ

भक्तपुरको राधेराधेबाट लागू औषधसहित एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले लागू औषधसहित एक जना पक्राउ गरेको हो। 

काभ्रेपलान्चोक चौर देउराली गाउँपालिका वडा नं. ४ ओछा घर भई हाल भक्तपुरकै मध्यपुर ठिमी नगरपालिका वडा न। ३ बस्ने बर्ष २७ को विशाल गिरीलाई पक्राउ गरेको हो।

उनी सवार बा.९७ प. २०९६ नं. को स्कुटरलाई रोकी चेकजाँच गर्दा स्कुटरको डिकीबाट लागू औषध बरामद गरी निजलाई स्कुटर सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

उनीसँग ट्रमाडोल – ४६ पत्ता (४६० ट्याब्लेट) र होण्डा कम्पनीको स्कुटी – १ थान बरामद गरेको प्रहरीले जनाएको हो। उनीमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: २३ आश्विन २०८१ १३:४२ बुधबार