समाज

धर्मशालाको स्वामित्व खोसिएपछि मारवाडी सेवा समिति विरोधमा

गौशालास्थित धर्मशाला पशुपति क्षेत्र विकास कोष मातहत लैजाने सर्वोच्च अदालतको फैसलाविरुद्ध मारवाडी सेवा समितिले विरोध जनाएको छ। समितिले बुधवार धर्मशाला परिसरमा विरोध प्रदर्शन नै गर्‍यो।

काठमाडौं जिल्ला अदालतले २०६० सालमा पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएपछि धर्मशाला पशुपतिनाथ मातहतमा आएको थियो।

समितिले आफूहरु मोही भएको दाबी गर्दै निर्णय खोरजको माग गरेका छन्।

वर्षको ५१ हजार तिरेर व्यापारिक लाभका लागि पशुपतिनाथको स्वामित्वको धर्मशाला प्रयोग भएको थियो। कौडीको भाउमा जमिन मारवाडी समितिलाई भोगचलनका लागि दिएको भन्दै विरोध हुँदै आएको थियो। अब धर्मशालालाई धार्मिक प्रयोजनकै लागि प्रयोग गरिने क्षेत्र विकास कोषले जनाएको छ।

प्रकाशित: २३ आश्विन २०८१ १३:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App